Logo

युवा उद्यमी मनोज पौडेलको एसोसिएट्स सदस्यमा उम्मेदवारी, प्राथमिकतामा स्टार्टअप र युवा उद्यमशीलताको प्रर्वद्धन

युवा उद्यमी मनोज पौडेलको एसोसिएट्स सदस्यमा उम्मेदवारी, प्राथमिकतामा स्टार्टअप र युवा उद्यमशीलताको प्रर्वद्धन



काठमाडौं । युवा उद्यमी मनोज पौडेलले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्सतर्फबाट सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । आध्यान्त फण्ड एण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक पौडेलले महासंघको यहिँ चैत २९ गते हुने निर्वाचनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

laxmi

हाल महासंघको अन्तराष्टिय लगानी प्रर्वद्धन समितिका सहसभापति रहेका पौडेलले आध्यान्तमार्फत स्वदेशी तथा विदेशी पुँजी जुटाएर नयाँ इनोभेसनका क्षेत्रमा लगानी गर्दै आएका छन् । इन्वेष्ट एन्ड इन्फ्रका सहसंस्थाप रहेका पौडेल प्राईम कर्सियल बैंकका संचालक समेत हुन् । देशभित्र दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौं टेक्निकल स्कुल संचालमा ल्याएका पौडेलले हाल थुप्रै क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्दै आएका छन् ।

नेपाल र नेपालीको लागि समर्पित युवा उद्यमीको रूपमा देशभरीका व्यवसायको पक्षमा काम गर्ने उद्देश्य सहित उम्मेदवारी दिएका पौडेलले पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान र टीमवर्क चार एजेन्डालाई अघि बढाएका छन् । पहुँचयोग्य र सुलभ लगानी विकासका लागि नयाँ अवसर भन्ने मुल नाराका साथ उनले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरुमा पहुच विस्तार गरेका छन् भने न्यायपूर्ण वित्तीय र बैंकिग अभ्यासहरूको पक्षमा काम गर्दै आएका छन् ।

लण्डन स्कुल अफ इकोनमिक्सबाट एमएस्सी उत्तिर्ण गरेका पौडेलको सरकारी र निजी दुवै क्षेत्रमा काम गरेको अनुभन छ । नेपालमा स्टार्ट अप र युवा युद्यमशिलतालाई प्रवद्र्धन गर्दै आएका पौडेलले लगानी बोर्ड, उद्योग तथा वाणिज्य मन्त्रालय र विकास साझेदारहरुसँग काम गरेको अनुभव छ । उनले यसअघि अर्थशास्त्रीको रुपमा विकास साझेदारहरु काम गरिसकेका छन् ।

प्रत्येक प्रदेशमा व्यवसाय सहायता, विकास र वृद्धि केन्द्रहरूको स्थापना गर्ने योजनाका साथ अघि बढेका उनले युवा उद्यमी अनुकुल नीति निर्माण लविङ गर्दै आएका छन् । यस्तै उनले अहिले युवा उद्यमशिलतामा देखिएका चुनौतीहरु पहिचान गरी डेटामा आधारित समाधानहरुको विकासलाई प्राथमिकतामा राखेर अघि बढेका उनले उद्योगहरुले सामना गर्नुपरेका समस्याहरु पहिचान गरी सरोकारवाला निकायसँगको समन्वयमा समाधान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL