Logo

आयात घटेर रेमिटान्स बढ्दा शोधनान्तर स्थितिमा उच्च सुधार, विदेशी मुद्रा संचिति १३ खर्ब ३७ अर्ब पुग्यो

आयात घटेर रेमिटान्स बढ्दा शोधनान्तर स्थितिमा उच्च सुधार, विदेशी मुद्रा संचिति १३ खर्ब ३७ अर्ब पुग्यो



काठमाडौं । चालू आर्थिक २०७९।८० को पहिलो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । पछिल्लो समय आयातमा आएको संकुचन र रेमिटान्स आप्रवहामा भएको उच्च वृद्धिका कारण शोधनान्तर स्थितिमा उच्च सुधार आएको हो । तर गत आवको सोही अबधिमा शोधनान्तर स्थिति २ र्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता रु।२९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७९/८० को छ महिनाको तथ्याङ्कमा आधारित) तथ्यांकअनुसार सो अवधिमा विदेशी मुद्रा संचितिमा समेत उच्च सुधार आएको छ ।

विस २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा हाल १० प्रतिशतले वृद्धि भई २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL