Logo

हिजो बढेर रेकर्ड बनाएको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

हिजो बढेर रेकर्ड बनाएको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाल िबजारमा आज (बुधबार) सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ६ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला एक हजार रुपैयाँले मूलय बढेर सुनको मूलयमा नयाँ रेकर्ड बनेको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL