Logo

प्रतितोला तीन सय रूपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला तीन सय रूपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) छापावाल सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ३ सय रूपैयाँले बढेको हो ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएकोमा आज प्रतितोला ३ सय रूपैयाँले बढेर १ लाख ५ हजार ३ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १३ सय ८० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL