काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा लगातार नेगेटिभ सर्किट लागेसँगै सेयर बजार आज दिनभरीका लागि बन्द भएको छ । जेनजी आन्दोलनका कारण पछिल्लो डेढ हप्तादेखि बन्द रहेको सेयर बजार बिहीबार खुलेपनि खुलेको पहिलो ५ मिनेटमा ४ प्रतिशतले घटेपछि २० मिनेट कारोबार स्थगित भएको थियो ।
यस्तै २० मिनेटपछि पुनः संचालनमा आएको सेयर बजारमा पुनः ५ प्रतिशतको पहिरो जाँदा पुनः ४० मिनेटका लागि बजार बन्द भएको थियो । साथै पुनः ४० मिनेटपछि सेयर बजारमा ६ प्रतिशतको गिरावट आउँदा आज दिनभरीका लागि सेयर बजार भन्द भएको नेप्सेले जानकारी दिएको छ ।
अब सेयर बजार आगामी हप्ताको आईतबार मात्रै खुल्ने छ । बजार खुलेको करिव १ घण्टा पनि कारोबार नभई आजका लागि सेयर कारोबार नै स्थगित हुँदा यस अवधिमा ७२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको ।
आज २ सय १७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।