Logo

मन्त्रिपरिषदको निर्णय : सोमबार शोक विदा, आन्तरिक उडानका सबै जहाजको प्राविधिक परिक्षण गर्न निर्देशन

मन्त्रिपरिषदको निर्णय : सोमबार शोक विदा, आन्तरिक उडानका सबै जहाजको प्राविधिक परिक्षण गर्न निर्देशन



काठमाडौं । सरकारले भोली सोमबार शोक विदा दिने निर्णय गरेको छ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाका लागि भन्दै शोक विदा दिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आईतबार जहाज दूर्घटना भएलगत्तै आपतकालिन मन्त्रिपरिषद बैठक आह्वान गरेका थिए । सोही मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । यस्तै बैठकले उक्त दूर्घटनाको छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ ।

उक्त आयोगको संयोजकत्व पूर्वसचिव नागेन्द्र घिमिरेले गर्नेछन् । उक्त आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा सदस्य रहेका छन् । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने पनि रहेको बताईएको छ । यस्तै बैठकले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशनसमेत दिएको छ ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL