Logo

सहुलियत कर्जाले सबल बन्दै नेपाली, बार्षिक कुल लगानीको ३८ प्रतिशतसम्म आम्दानी गर्दै

सहुलियत कर्जाले सबल बन्दै नेपाली, बार्षिक कुल लगानीको ३८ प्रतिशतसम्म आम्दानी गर्दै



काठमाडौं । बैंकहरुले प्रदान गर्दै आएको सहुलियतपुर्ण कर्जामार्फत ऋणीहरुले बार्षिक कुल लगानीको ३८.६९ प्रतिशत आम्दानी गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको सहूलियतपुर्ण कर्जा रकमको ३८.६९ प्रतिशत आम्दानी गरेको देखिएको छ । जसका कारण लिएको कर्जाको सावाँ र ब्याज भुक्तानीमा ऋणीलाई कुनै समस्या नहुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

laxmi

राष्ट्र बैंकले लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ जिल्लामा सहुलियतपुर्ण कर्जाको सदुपयोगितासम्बन्धी अध्ययन गरेको थियो । जसअन्तर्गत उक्त ३ जिल्लामा सर्भेक्षण गर्दा यस्तो कर्जा लिन केही कागजी झन्झटबाहेक खासै केही समस्या नरहेको, कर्जाको सदुपयोग पनि सोचेअनुसार नै भएको देखिएको हो । अध्ययन प्रतिवेदनअनुसार अध्ययनमा सहभागी भएका सहुलियतपुर्ण कर्जाका ऋणीहरुमध्ये ७३.८८ प्रतिशत ऋणीले कर्जा लिन धेरै सजिलो भएको बताएका हुन् ।

यस्तो कर्जा प्रवाह गर्दा बैंकहरुले पनि ऋणीको कार्यक्षेत्र अनुगमन गरेको देखिएको छ । बैंकहरुले दिने सहुलियतपुर्ण कर्जाले उक्त क्षेत्रका ९८.९८ प्रतिशत जनतामा सकारात्मक सुधार आएको देखिएको छ । उनीहरुको शिक्षा, स्वास्थ्य तथा अन्य सुविधामा उचित पहुँच पुर्याउन पनि सहुलियतपुर्ण कर्जाले सहयोग गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म उक्त ३ जिल्लामा ५ हजार ७ सय बढीले यस्तो कर्जा लिएका छन् । सरकारले निश्चित वर्ग र समूदायलाई लक्षित गरी ब्याज अनूदान मार्फत सहूलियतपुर्ण कर्जाको माध्यमबाट उद्यमशीलता, आय र रोजगारीमा जोड दिन खोजेको छ ।

कृषिलगायत क्षेत्रमा उचित सीप र क्षमता विस्तार गरी युवाहरुलाई स्वरोजगार उन्मुख गराउन सरकारले विभिन्न ११ शीर्षकमा सहुलियत ऋण दिनेगरी ‘सहूलियतपुर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागू गरेको हो । यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आधारदरमा २ प्रतिशतभन्दा बढी प्रिमियन लिन नपाउने व्यवस्था गरिएको छ । त्यसमा पनि ५ प्रतिशत व्याज सरकारले ब्योहोर्ने सुविधा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्म १ लाख ४८ हजार ४ सय ३३ जनाले २ खर्ब १० अर्ब १२ करोड ४८ लाख रुपैयाँ कर्जा चलाईरहेका छन् । हालसम्म सरकारले सहुलियतपुर्ण कर्जाका लागि भन्दै ब्याज अनुदान मात्रै १९ अर्ब ८१ करोड रुपैयाँ खर्चिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL