Logo

गभर्नरले भने–‘अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याज दर बढ्नु स्वाभाविक’

गभर्नरले भने–‘अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याज दर बढ्नु स्वाभाविक’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको तरलता अभावको अवस्था धेरै समय नरहने बताएका छन् । आज (बुधबार) नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को छैटौं महासभामा उनले यस्तो बताएका हुन् ।

laxmi

गभर्नर अधिकारीले अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याज दर बढ्नु स्वाभाविक भएको बताएका छन् । विश्वकै अर्थतन्त्रमा चाप परेकाले नेपालले पनि त्यसको प्रभाव भोग्नु परेको उनले बताएका छन् ।

‘तरलता अभावका कारण ब्याजदर बढेको हो । यो घट्छ । केही समयका लागि मात्र हो’, उनले भने, ‘बैंकमा तरलता सहज हुँदै गएको छ । ब्याजदर यसै गरी बढेरै रहँदैन ।’

बजारमा ऋण लगेर फिर्ता नआउँदा तरलतामा चाप परेको उनले बताएका छन् । व्यवसायीले हस्तक्षेप गर्न उप्रेरणा गर्ने भन्दै उनले हस्तक्षेपकारी नीति क्षणिक हुने बताए । ‘हामी संवेदनशील हुनुपर्छ । व्यसायीहरूले आवेगमा अएर प्रत्यक्ष हस्तक्षेप गर्न नलगाई दिनुहोला’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL