Logo

गभर्नर सिफारिस समितिको बैठक सम्पन्न, पौडेलसहित ३ जनाको नाम सिफारिस

गभर्नर सिफारिस समितिको बैठक सम्पन्न, पौडेलसहित ३ जनाको नाम सिफारिस



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले विश्व पौडेलसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । जसमध्ये पहिलो नम्बरमै पौडेलको नाम छ । समितिले उनीसहित दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराईकाे नाम सिफारिस गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्