Logo

विश्वको जनसंख्या ८ अर्ब पुग्यो, १५ बर्षपछि ९ अर्ब पुग्ने

विश्वको जनसंख्या ८ अर्ब पुग्यो, १५ बर्षपछि ९ अर्ब पुग्ने



काठमाडौं । आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्र संघका अनुसार पछिल्लो समय बढ्दै गएको स्वास्थ्य सुरक्षा, पोषण सेवा तथा केहि देशमा उच्च प्रजनन् दरका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको हो ।

laxmi

७ अर्बको जनसंख्याबाट ८ अर्बको जनसंख्या पुग्न विश्वलाई १२ बर्ष लागेको बताईएको छ । तर, अबको १५ बर्षपछि मात्रै विश्वको जनसंख्या ९ अर्ब पुग्ने अनुमान गरिएको छ । जसको मतलव विश्व जनसंख्या वृद्धिदर न्युन हुँदैछ ।

विश्वका उच्च प्रजनन् दर भएका देशको प्रतिव्यक्ति आय कम छ । यस्ता देशहरु खासगरी अफ्रिकामा छन् । जहाँ गरिवीको संख्या बढी हुँदा प्रजनन् दरसमेत सोही अनुसार बढि छ ।

प्रतिक्रिया दिनुहोस्
MBL