Logo

विश्वभर घट्दै शिशु जन्मदर, विश्व जनसंख्या र अर्थतन्त्रमा नकारात्मक असर

विश्वभर घट्दै शिशु जन्मदर, विश्व जनसंख्या र अर्थतन्त्रमा नकारात्मक असर



काठमाडौं । गत मे महिनाको अन्त्यमा चीनले आफ्नो पुरानो नीतिलाई परिवर्तन गर्दै ३ सन्तान जन्माउन पाउने व्यवस्था गर्याे । यसअघि सन १९८० मा चीन सरकारले १ जनामात्रै बच्चा जन्माउन पाउने व्यवस्था गरेको थियो ।

यसले के देखाउँछ भने चीनमा पछिल्लो समय जनसंख्या कम हुँदै जाँदा पुरानो नीतिमा परिवर्तन गर्नुपरेको जस्ता देखिन्छ । अर्थात पछिल्लो समय चीनले गरेको जनसंख्या मापन अनुसार चीनले प्रतिवर्ष ४ लाख नागरिक गुमाईरहेको छ । चीनले आफ्नो जनसंख्या बढिरहेको बताएपनि सन २०३० सम्ममा चीनले धेरैभन्दा धेरै नोक्सान व्यहोर्नुपर्ने देखिन्छ । यस्तै सन २१०० सम्म चीनले आफ्ना ६० देखि ७० करोड जनसंख्या गुमाउनेछ । जुन चीनको हालको जनसंख्याको आधा हो ।

यस्तै समस्या अमेरिकामा पनि छ । अमेरिकामा सन २००७ यता शिशु जन्मदरमा १९ प्रतिशतको गिरावट आएको छ । हाल अमेरिका र चीनको सन्तान उत्पादन दर १.६ र १.३ मात्रै छ । यस्तै सबैभन्दा बढि जनसंख्या भएको भारतमा पनि जन्मदर २ दशमलव १ प्रतिशतमा सिमित रहेको अध्ययनले देखाएको छ ।

साथै जापान, रुस, इन्डोनेसिया, ब्राजिललगायतका देशहरुमा पनि जन्मदर घट्दो छ । तर नाईजेरिया, पाकिस्तानलगायतका देशहरुमा भने अझै जन्मदर उच्च छ । कोरोना महामारीमै पनि विश्वको जन्मदर उच्च हुने अनुमान गरिएको थियो । यसका बारेमा धेरै जोकहरु पनि बने । तर, कोरोना महामारीकै बेलामा पनि विश्वभर शिशु जन्मदरमा लगातार गिरावट आएको देखिन्छ ।

यस अवधिमा विश्वमा शिशु जन्मदरमा ३ लाख बढिको गिरावट आएको बताईन्छ । विभिन्न कारणहरुले पछिल्लो समय मृत्युदरमा उच्च वृद्धि भएपनि जन्मदरमा भने लगातार गिरावट आउँदा विज्ञहरु चिन्ता व्यक्त गर्दैछन् । कोरोना महामारीमै पनि बढ्ने अपेक्षा गरिएको भएपनि जन्मदरभन्दा मृत्युदर बढि हुन पुगेको हो । तर यसका पछाडी कोरोना महामारी मात्रै नभई अन्य धेरै कारकहरु रहेको बताईएको छ ।

यसरी प्रतिदिन मृत्युदर बढि र जन्मदर कम हुँदा विश्वको जनसंख्यामा नकारात्मक असर पर्ने बताईएको छ । यसरी विश्वको कुल जनसंख्यामा आर्थिक परिदृष्टिलाई सपोर्ट गर्ने सक्रिय जनसंख्याको कमी हुने देखिन्छ ।
एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
MBL