Logo

नेपाल र चीनद्वारा १५ बुँदे संयुक्त वक्तव्य जारी, समेटियो इन्धन आयात पनि

नेपाल र चीनद्वारा १५ बुँदे संयुक्त वक्तव्य जारी, समेटियो इन्धन आयात पनि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल र चीनले १५ वुँदै संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशका सरकारले संयुक्त विज्ञप्ती जारी गरेका हुन् । बुधवार बेइजीङमा एक कार्यक्रमबीच विज्ञप्ती जारी गरिएको प्रधानमन्त्रीको भ्रमण दलमा रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।

प्रधानमन्त्रीको भ्रमणको क्रममा पेट्रोलियम आयातको लागि सम्झौता नभएपनि आगामी दिनमा चीन नेपालमा इन्धन बेच्न सहमत भएको उक्त बक्तव्यमा उल्लेख छ । साथै, नेपाल पनि खरिदका लागि सहम भएको छ । सोको लागि मुल्य, कर, भन्सार, ढुवानी, गुणस्तरजस्ता विषय टुङ्गो लगाउन सम्बद्ध कम्पनीलाई निर्देशन दिइएको छ ।

संयुक्त विज्ञप्ती जारी गर्दै चीनले नेपालको नयाँ संविधानको स्वागत गरेको शर्माले जानकारी दिए । साथै, संविधान जारीसँगै अव त्यसलाई नेपालले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अवसरका रुपमा सदुपयोग गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘एक अर्को देशका स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै चासो र हितलाई सम्बाधेन गरिनेछ ।’ प्रधानमन्त्री ओलीको भ्रमणले चीन र नेपालबीचको सम्वन्ध थप उचाईमा पुगेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालमा इन्धन भण्डारण स्थल निर्माणका लागि नेपाल र चीन तयार भएका छन् । चीनले नेपालमा रेल्वे सेवाको सम्भाव्यता अध्ययन र डीपीआरका लागि आर्थिक प्राविधिक सहयोग गर्ने भएको छ । यसैगरी, रसुवागढी–लुम्बिनीको रेल्वे सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवदेन (डीपीआर)का लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने समेत संयुक्त वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL