Logo

परिसंघको उद्योग मन्त्री र सचिवसँग भेट, औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न

परिसंघको उद्योग मन्त्री र सचिवसँग भेट, औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न



काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

laxmi

पररसंघका कार्यवाहहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसंघ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्त्री दिलेन्त्रप्रसाद बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेट गरी औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न आग्रह गरेको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ मंसिर २०७५ को बैठकले सरोकावालाहरूको असहमति हुँदाहुँदै १ साउन २०७५ देखि लागू हुने गरी अधिकतम ६८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्ततृ अध्ययन गर्न तत्कालीन उद्योगमन्त्रीले निर्देशन दिएका थिए । तर गत २२ असारमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बैठकले १ साउन २०७५ देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL