Logo

एसियाकै धनी महिला सावित्रीको जीवन : ५५ वर्षको उमेरमा व्यवसायमा प्रवेश, ७२ वर्षमा एसियाकै धनी महिला

एसियाकै धनी महिला सावित्रीको जीवन : ५५ वर्षको उमेरमा व्यवसायमा प्रवेश, ७२ वर्षमा एसियाकै धनी महिला



काठमाडौं । भारतकी सावित्री जिन्दल एसियाकै धनी महिला बनेकी छन् । सावित्री जिन्दलले चीनकी याङ हुयानलाई पछि पार्दै यो उपाधि हात पारेकी हुन् । याङ हुइयान विगत पाँच वर्षदेखि एसियाकै सबैभन्दा धनी महिला रहेकी थिइन । उनी चीनको सबैभन्दा ठूलो घर जग्गा कम्पनी कन्ट्री गार्डेन होल्डिङ्स नियन्त्रण गर्छिन् । तर, चीनमा घरजग्गा कम्पनीहरूमाथि सरकारले गरेको कारबाहीको प्रभावले याङ हुइयानको सम्पत्तिमा पनि देखिएको छ ।

laxmi

ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार याङ हुइयानको सम्पत्ति गत वर्ष करिब २४ अर्ब डलरबाट घटेर ११ अर्ब डलरमा झरेको छ । जिन्दल समूहकी प्रमुख सावित्री जिन्दलको कुल सम्पत्ति ११.३ बिलियन डलर छ । ७२ वर्षीया सावित्रीको सम्पत्ति २ वर्षमा १२ अर्ब डलरले बढेको छ । फोब्सका अनुसार उनलाई पछिल्ला केही वर्षयता सबैभन्दा धनी भारतीय महिला मानिन्छ । भारतका धनी महिलाको सूचीमा उनी पछि किरण मजुमदार र कृष्णा गोदरेज छन् ।

सघर्षमय जीवन

सन् २००५ मा सावित्री जिन्दलका पति तथा जिन्दल ग्रुपका संस्थापक ओमप्रकाश जिन्दलको निधन भएको थियो । यसपछि सावित्री जिन्दलले श्रीमानको व्यवसाय सम्हालिन् । सावित्री जिन्दलले जिन्दल समुहलाई अगाडि बढाइरहेकी छिन् र आम मानिसलाई हरसम्भव सहयोग पनि गरिरहेकी छिन् । सावित्री जिन्दल, जो कहिल्यै कलेज गइनन् र आफ्नो पतिको अचानक मृत्यु पछिमात्र आफ्नो व्यवसायको जिम्मा लिइन् ।

सावित्री जिन्दलले एक पटक जिन्दल परिवारका अधिकांश महिलाले घरको हेरचाह गर्ने र पुरुषले बाहिरको काम हेर्छन् भन्ने बताएकी थिइन् । यस्तो अवस्थामा सावित्री जिन्दललाई यो स्थान हासिल गर्न निकै मेहनत गर्नुपरेको थियो । यो उनको कडा परिश्रमको परिणाम हो । सावित्री सन् २०२१ मा सबैभन्दा धनी भारतीयको शीर्ष १० क्लबमा प्रवेश गरेकी थिइन् ।

सावित्री जिन्दल जब ५५ वर्षकी थिइन तब उनका पति जिन्दल ग्रुपका संस्थापक ओमप्रकाश जिन्दलको मृत्यु भयो । २००५ मा उनको श्रीमानको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । त्यसपछि उनले आफ्नो पतिको व्यवसायको जिम्मेवारी लिइन् र जीवनको त्यो चरणमा अर्बपति बनिन् जब अधिकांश मानिसहरू रिटायर हुने योजना बनाउँछन् ।

सावित्री जिन्दल आसामकी हुन् । उनी २० मार्च १९५० मा जन्मिएकी र असमको तिनसुकिया सहरमा हुर्किएकी थिइन् । उनले सन् १९७० मा ओपी जिन्दलसँग विवाह गरिन् । उनीहरुका ९ सन्तान छन् । ओपी जिन्दल जिन्दल समूह, स्टील र पावर समूहका संस्थापक, हरियाणा सरकारमा मन्त्री र हिसार निर्वाचन क्षेत्रबाट हरियाणा विधान सभाका सदस्य थिए । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL