Logo

दुबईबाट आएका यात्रुले बच्चाको टाँकमा लुकाई ल्याए १२५ ग्राम सुन, थप अनुसन्धान हुँदै

दुबईबाट आएका यात्रुले बच्चाको टाँकमा लुकाई ल्याए १२५ ग्राम सुन, थप अनुसन्धान हुँदै



काठमाडौं । दुबईबाट काठमाडौं आएका एक जना यात्रुले बच्चाको लगाउने कपडामा ६० सुनको रिङ लुकाएर ल्याईएको पाईएको छ । पछिल्लो समय सुनको तस्करीका अनेक विधिहरु प्रयोग गर्ने क्रममा उनले भने बच्चाको लुगाको टाँकभित्र सुन लुकाएर ल्याएको पाईएको हो ।

भन्सार कार्यालयले हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ । त्यसरी नियन्त्रणमा लिएको सुनको तौल करिब १२५ ग्राम भएको कार्यालयले जानकारी दिएको छ ।

सुमन दमाईं नाम गरेका ती यात्रुले भिजिट भिसामा दुबई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुबई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाका लागि उपहारको रूपमा उक्त पोशाकहरू नेपालसम्म पुर्‍याइदिन अनुरोध गरेको हुँदा ल्याइदिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL