Logo

ढल प्रशोधन केन्द्र निर्माणदेखि प्लास्टिक झोला प्रतिबन्धसम्म, यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)

ढल प्रशोधन केन्द्र निर्माणदेखि प्लास्टिक झोला प्रतिबन्धसम्म, यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आईतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उनले विकास निर्माणका कार्यदेखि फोहोरमैला व्यवस्थापन र वृद्धवृद्धालाई निशुल्क उपचारसम्मका सुविधाहरु समावेश गरेर नीति तथा कार्यक्रम ल्याए ।

त्यसमा पनि फोहोरमैला व्यवस्थापनका लागि विशेष प्राथमिकता दिईएको नीति तथा कार्यक्रममा ढल व्यवस्थापनलाई पनि उत्तिकै मात्रामा प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रममा काठमाडौंको ढल व्यवस्थापनका लागि सबै नदी करिडोरमा रहेका ढललाई व्यवस्थित गर्न नदी किनारमा ढल प्रशोधन केन्द्र बनाई सफा पानी मात्रै नदीमा मिसाउने घोषणा गरिएको छ ।

यस्तै फोहोरमैला व्यवस्थापनमै पर्ने प्लास्टिक नियन्त्रणमा पनि बालेनले कडा कदम चाल्ने छाँटकाँट देखिएको छ । उनले नीति तथा कार्यक्रममा ४० माईक्रोनभन्दा पातलो प्लास्टिकको झोला प्रतिवन्ध गरी कपडा, जुट, कागजलगायतको झोला प्रयोगमा ल्याउन प्रोत्साहन गर्ने बताएका छन् ।

यस्तो छ नीति तथा कार्यक्रम ।

प्रतिक्रिया दिनुहोस्
MBL