Logo

बुढानिलकण्ठबाट कौडा खेल्ने ६ जना पक्राउ, १ हजार डलर र ६७ हजार रुपैयाँ बरामद

बुढानिलकण्ठबाट कौडा खेल्ने ६ जना पक्राउ, १ हजार डलर र ६७ हजार रुपैयाँ बरामद



काठमाडौं । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत ६ जनालाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले नेपाली ७६ हजार नगद, १ हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ ।

यस्तै तारकेश्वर नगरपालिका–५ लोलाङ धितालथोकमा जुवातास खेल्ने ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहालसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकासँग प्रहरीले २३ हजार ३ सय ६० नगद र ३ बुक तास बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL