Logo

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको भाउ तोलाको ९६ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो। आइतबार प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL