Logo

‘भ्यालेन्टाइन डे’ मनाउँदै साङ्ग्रीला होटल, अन्तरराष्ट्रिय स्तरका कलाकारले प्रस्तुती दिने

‘भ्यालेन्टाइन डे’ मनाउँदै साङ्ग्रीला होटल, अन्तरराष्ट्रिय स्तरका कलाकारले प्रस्तुती दिने


बिजखबर संवाददाता
0
Shares

साङ्ग्रीला होटलले यस वर्षको भ्यालेन्टाइन डेलाई स्पेशल रुपमा मनाउने भएको छ । आफ्ना ग्राहकहरुलाई मनोरञ्जन दिनका लागि उक्त दिनलाई स्पेशल रुपमा मनाउन लागिएको होटेल ग्रूप जनरल म्यानेजर राजुविक्रम शाहले जानकारी दिए । ‘समाजमा जनचेतना फैलाउने उद्देश्य अनुरुप होटेलले समय सापेक्ष विभिन्न खालका कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘तसर्थ यस पटकको भ्यालेन्टाइनलाई पनि राष्ट्रिय तथा अन्रराष्ट्रिय स्तरका कलाकारबाट प्रस्तुती दिइने छ ।’

फ्रेबुअरी १४ अर्थात भ्यालेन्टाइन डेको दिन गरिने उक्त कार्यक्रममा अन्तराष्ट्रिय कलाकारहरु एनालिसा विनबर्ग, रोय स्टिभिन्स र जोनाथक कुनरले प्रस्तुती दिने छन् । उनीहरुले विभिन्न देशका भाषामा आफ्नो प्रस्तुनी दिने समेत होटेलले जानकारी दिएको छ । उनीहरुले हालसम्म विभिन्न २३ वटा देशमा प्रस्तुती दिइसकेको र २४ औं देशको रुपमा नेपालमा प्रस्तुती दिने छन् । कार्यक्रममा सिने गुरुङ र उनको ब्राण्डले दर्शकलाई भरपुर मनोरञ्जन दिने समेत शाहले जानकारी दिए ।

भ्यालेन्टाइन डेको दिन बेलुका ६ बजेदेखि हुने सो कार्यक्रममा दर्शनको रुची अनुसार साङ्गितीक कार्यक्रम प्रस्तुत गरिने छ । उक्त कार्यक्रममा जानका लागि प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ भने डिनरको लागि छुट्टै २ हजार रुपैयाँ तिुर्नपर्ने छ । ७ सय ५० रुपैयाँको प्रबेश टिकट काटेपछि सोही रकममा सिने थ्रियटरमा नेपाली, हिन्दी र अग्रेजी फिलिम समेत हेर्न पाइने छ । यसैगरी, जोडीको लागि भने प्रवेश शुल्क, डिनर र सिने डिने मुभी टिकटको लागि ५ हजार रुपैयाँ तिुर्नपर्ने होटलले जानकारी दिएको छ ।

कार्यक्रममा अमेरिकन कलाकारसँगै म्युजिकमा रमाउन पाइने छ भने सिने गुरुङ तथा तावा ब्राण्डसँग लाइभ डान्स गर्न सकिने छ । यसैगरी, अन्तरराष्ट्रिय स्तरका परिकार चाख्न पाइनुका साथै सिने डि सेफको निशुल्क मेम्बर समेत बन्न पाइने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL