Logo

भ्यालेन्टाइनमा २९ खर्ब खर्च गर्दै अमेरिकी, क्याण्डी गिफ्ट दिनमात्रै ४ खर्ब खर्च

भ्यालेन्टाइनमा २९ खर्ब खर्च गर्दै अमेरिकी, क्याण्डी गिफ्ट दिनमात्रै ४ खर्ब खर्च



काठमाडौं । आज भ्यालेन्टाइन सप्ताहको अन्तिम दिन अर्थात ‘भ्यालेन्टाइन डे’। भ्यालेन्टाइन सप्ताहमा हालसम्म धेरै प्रेमिल जोडीहरुले आफ्ना प्रेमी प्रेमिकाहरुका लागि विभिन्न प्रकारका उपहारका लागि खर्चहरु गरे र त्यो आज पनि निरन्तर नै छ । अमेरिकामा हालै गरिएको एक अध्ययनले चालू भ्यालेन्टाइन भने सन २००४ यताकै महंगो हुने देखिएको छ । अमेरिकास्थित राष्ट्रिय खुद्रा संघले गरेको अध्ययनले यस्तो देखाएको हो ।

यसपटकको भ्यालेन्टाइनमा अमेरिकीहरुले २३ अर्ब ९० करोड डलर (करीब २९ खर्ब नेपाली रुपैयाँ) बढी खर्च गर्ने अनुमान गरिएको छ । गत बर्ष यस्तो खर्च २१ अर्ब ८० करोड बराबर भएको थियो । भ्यालेन्टाइनको अवसरमा धेरैजसो प्रेमिल जोडीहरुले गरगहनामा खर्च गर्ने गरेको देखिन्छ । यो बर्ष गरगहना खरिदमा मात्रै अमेरिकीहरुको ६ अर्ब २० करोड बढी खर्च हुने बताइएको छ । यस्तै अमेरिकीहरुले ३ अर्ब २० करोड बढी डलर क्याण्डी र विभिन्न कार्डहरुमा खर्च गर्ने बताइएको छ ।

भ्यालेन्टाइनमा यस्ता उपहारजन्य वस्तुहरुको मूल्यवृद्धि पनि सोही अुनसार हुने गरेको छ । तर, त्यसका लागि धेरैजसो अमेरिकीहरुले कुपन र प्रोमो कोड प्रयोग गरी वस्तु खरिद गर्ने बताएका छन् । यस्तो उत्तर दिने अमेरिकीहरुको संख्या ४३ प्रतिशत हुँदा ३२ प्रतिशतले अन्य वस्तुहरु र २४ प्रतिशतले कम वस्तुहरु खरिद गर्ने बताएका थिए ।

यसरी दिइने गिफ्टमा क्यान्डी सबैभन्दा पपुलर गिफ्ट भएको उल्लेख गरिएको छ । यस्तै गिफ्ट कार्ड, फूललगायतका गिफ्टहरुको व्यापार पनि उत्तिकै भएको छ । अमेरिकास्थित गिफ्ट र फूल पसलेहरुले साविकको भन्दा ३ गुणाले व्यापार बढेको बताएका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL