Logo

नेपालको निर्यात व्यापारमा अर्को अड्चन : सिपिङ कम्पनीले खाली कन्टेनर पठाएनन्, सामान पठाउन नपाउँदा व्यवसायी अन्यौलमा

नेपालको निर्यात व्यापारमा अर्को अड्चन : सिपिङ कम्पनीले खाली कन्टेनर पठाएनन्, सामान पठाउन नपाउँदा व्यवसायी अन्यौलमा



काठमाडौं । नेपालको निर्यातमा विभिन्न अवरोधहरु देखिदै आएका छन् । आयातको तुलनामा निकै कम निर्यात गर्दै आएको नेपालमा पछिल्लो समय उत्पादित वस्तुहरु तेस्रो मुलुक पठाउनका लागि आवश्यक खाली कन्टेनरको अभाव हुँदा नेपाली निर्यातकर्ताहरु अन्यौलमा परेका छन् । भारतको कोलकत्ता बन्दरगाहबाट नेपाल आउने खाली कन्टेनर नेपाल आउन नपाउँदा अन्यौलमा परेको निर्यात परिसंघ नेपालका उपाध्यक्ष रेशम पोख्रेल बताउँछन् । उनका अनुसार सिपिङ कम्पनीहरुले नेपालमा आयात हुने सामानका कन्टेनरहरु सहजै जान दिएपनि खाली कन्टेनर भने तोकेकै मूल्य तिरेर ल्याउँछौं भन्दा पनि दिँदैनन् ।

‘नेपालबाट तेस्रो मुलुक निर्यात हुने लत्ताकपडा, गलैंचालगायतका वस्तुहरु उता पठाउन मासिक ५० कन्टेनर भएपनि पुग्छ’, उनले भने, ‘तर, त्यत्ति कन्टेनर पनि नपठाइदिएपछि हामीकहाँ खाली कन्टेनरको अभाव छ ।’अमेरिकालगायतका तेस्रो मुलुकबाट नेपाल आउने वस्तुहरुको कन्टेनरको मात्रा धेरै हुन्छ । एउटै भेसेल (ठूलो जहाज)मा ७ सय बढी कन्टेनर कोलकत्ता बन्दरगाह पुग्छन जसमा ५ सय बढी कन्टेनर त नेपालमै आउने हुन्छन । यसरी नेपाल आएका भरि कन्टेनर नेपालमा सामान ओसारेर रित्तै उता फर्किन्छन् । तर, भारतीय सिपिङ कम्पनीहरुले नेपाली वस्तु निर्यातका लागि आवश्यक रित्ता कन्टेनर भने जे गरेपनि नदिने प्रवृत्ति रहिआएको छ ।

यसरी बेलाबेलामा भारतीय सिपिङ कम्पनीहरुले नेपाली निर्यातकर्ताहरुलाई दिने गरेको दुःखको सुनुवाई सरकारी पक्षले सुनेर पनि नसुनेको जस्तो गरिरहेको नेपाल निर्यात संघका सह कोषाध्यक्ष राजु बाँिनया बताउँछन् । उनका अनुसार भारतको कोलकत्ता र विशाखापटनम बन्दरगाहबाट नेपाली वस्तुहरु तेस्रो मुलुक निर्यात हुँदै आएको छ । कोरोनाकाल पनि यी बन्दरगाहामा नेपाली निर्यातकर्ताहरुलाई गरिने व्यवहारमा ठूलो परिवर्तन आएको छ । जसका कारण नेपालको निर्यात व्यापार नै धरापमा पर्ने देखिएकोृ सम्बन्धितहरु बताउँछन् ।

सिपिङ चार्ज तेब्बरले बढ्यो

एकातिर नेपाली वस्तु तेस्रो मुलुक निर्यात गर्ने वस्तुहरुका लागि कन्टेनर नदिएर तनाव भइरहेका बेला सिपिङ चार्ज पनि उच्च रुपमा बढ्न झन तनाव थपिएको नेपाली व्यवसायीहरु बताउँछन् । पछिल्लो समय भारत र चीनतर्फ उल्लेख्य रुपमा कन्टेनरहरु पठाइरहेका सिपिङ कम्पनीहरुले नेपाली व्यवसायीहरुलाई बढेको मूल्यमा कन्टेनर बुक गर्छु भन्दा पनि दिँदैनन् । ‘पहिले पहिले हामीले पर्नेजति पैसा दिन्छौं भनेर भन्दा फाट्टफुट्ट कन्टेनर पठाउँथे,’ निर्यात परिषंका उपाध्यक्ष पोख्रेलले भने, ‘अहिले त पैसा दिन्छौं भन्दा पनि दिँदैनन् हाम्रो वस्तु थन्किनेजस्तो अवस्था आईसक्यो ।’

भारतीय सिपिङ कम्पनीहरुले नेपालमा खाली कन्टेनर पठाउन बन्दैजस्तो गरेपछि निर्यात परिषंघले बन्दरगाहमै प्रतिनिधि पठाएको छ । पछिल्लो समय सिपिङ कम्पनीहरुको सिपिङ चार्ज पनि तेब्बर बढीले बढेको छ । जसका कारण पनि नेपाली निर्यातकर्ताहरुलाई ठूलो अप्ठ्यारो अवस्थाको सिर्जना भएको छ ।

कोरोनाअघि कोलकतादेखि काठमाडौंसम्मको सिपिङ चार्ज प्रतिकन्टेनर ५ हजार डलर पथ्र्यो । तर, कोरोनापछि भने तेब्बरसम्म चार्ज वृद्धि हुँदा प्रतिकन्टेनर १८ हजार डलरसम्म पर्ने गरेको छ । यसरी सिपिङ चार्ज बढिरहँदा नेपाली उत्पादनको निर्यातको भविष्य घट्दै गएको निर्यात संघका सह कोषाध्यक्ष राजु बानियाँ बताउँछन् । पछिल्लो समय विश्वभर नै सिपिङ चार्ज बढेकाले नेपाली कन्टेनरको पनि सिपिङ चार्ज बढिरहेको देखिन्छ ।

भारतीय सिपिङ कम्पनीहरुले नेपाली निर्यातकर्ताहरुमाथि गरेको ज्यादतीमा भने सरकार मौन देखिएको व्यवसायी बताउँछन् । सिपिङ कम्पनीहरुले नेपालका लागि खाली कन्टेनर नपठाउँदा तेस्रो मुलुकमा हुने वस्तु निर्यातमा अप्ठ्यारो भइरहको भन्दै विभिन्न निकायमा ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको व्यवसायीको गुनासो छ । व्यवसायीहरुले बेलाबेलामा नेपालमा मन्त्रिस्तरिय र प्रधानमन्त्रीस्तरिय पहल गरेपनि उक्त निकायबाट एउटै जवाफ आउँछ ‘हामीले पनि पहल गरिरहेका छौं ।’ लामो समयदेखि नेपालमा खाली कन्टेनरको अभाव भइरहेको भएपनि यसका लागि हालसम्म सुनुवाई नभएको व्यवसायीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
MBL