GBIME

खुल्यो जागिरको अवसर, नेपाल प्रहरीद्धारा २३ सय २० जनाको पदपूर्तिका लागि दरखास्त आह्वान (सूचनासहित)


बिजखबर संवाददाता
26 November, 2021 10:44 am

काठमाडौं । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

Bajaj
NABIL
YAMAHA

प्रहरीले लोकसेवाको सहमतिमा आज गोरखापत्रमा सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइरबुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो ।

जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ । प्रहरी जवानमा १ जार ६३ खुलातर्फ पदपूर्ति हुनेछ, भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ ।

sarbottam

यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ । जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूहतर्फ रहेको छ ।

प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचिकार, सिलाइरबुनाइ र हजाममा १०र१० सिट छुट्याइएको छ । फागुन १९ गतेदेखि दरखास्त फारम बुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

MBL