Logo

३ महिनामा शोधनान्तर घाटा ७६ अर्ब पुग्दा विदेशी विनिमय संचितिमा गिरावट, वैदेशिक लगानी भने ७३ प्रतिशतले बढ्यो

३ महिनामा शोधनान्तर घाटा ७६ अर्ब पुग्दा विदेशी विनिमय संचितिमा गिरावट, वैदेशिक लगानी भने ७३ प्रतिशतले बढ्यो



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा शोधनान्तर घाटा ७६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा रहेकोमा चालू आवमा विदेशी मुद्रा आप्रबाहमा आएको संकुत तथा उच्च आयातका कारण घाटामा गएको हो ।
समीक्षा अवधिमा चालु खाता घाटा पनि उच्च रुपमा बढेको छ । गत आवको पहिलो त्रैमासमा चालू खाता घाटा ३३ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा चालू आबको सोही अबधिमा बढेर १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

laxmi

सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले बढन पुगेको छ । गत आवको पहिलो त्रैमासमा २ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा चालू आवको सोही अबधिमा ५ अर्ब ७ करोड रुपैयाँ भित्रिएको हो ।

यसैगरी विदेशी मुद्रा संचितिमा भने ५।७ प्रतिशतले गिरावट आएको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा गिरावट आउँदै २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL