Logo

बजारमा अधिकांश खाद्य पदार्थको मूल्य बढ्यो : अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि

बजारमा अधिकांश खाद्य पदार्थको मूल्य बढ्यो : अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि



काठमाडौं । पछिल्लो समय बजारमा अधिकांश खाद्य पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल खुद्रा व्यवसायी सङ्घको तथ्याङ्कअनुसार कोभिड–१९ पछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेका हो ।

laxmi

पछिल्ला केही दिनयता अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले चाडपर्वमा खाद्यान्नको अभाव नहुने जनाइसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सरकार तथा निजी क्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्तमात्रामा खाद्यान्नको मौज्दात रहेको भन्दै अभाव नहुने जनाएका हुन् ।

उनले सरकारी कम्पनी र निजी व्यवसायीले दिएको तथ्याङ्कअनुसार पर्याप्त मौज्दात रहेको भन्दै अभाव नहुने बताए। चाडपर्व सुरु भएसँगै बजार अनुगमनको जिम्मा पाएको विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । गत बुधबार सरकारले पौडेलको सरुवा गरेपनि उनको स्थानमा नयाँ महानिर्देशक पठाएको छैन । बुधबार सरुवाको निर्णय भएपनि आइतबारसम्म पौडेल विभागमा नै रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL