Logo

घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको बजार भाउ

घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको बजार भाउ



काठमाडौं । नेपाल िबजारमा आजव (विहीबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला २ सयले घटेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ८८ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ११२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL