Logo

अध्यादेश बजेट विस्थापनका लागि अर्थमन्त्रालय तयार, विधेयक संसदको कार्यसूचीमा राखियो

अध्यादेश बजेट विस्थापनका लागि अर्थमन्त्रालय तयार, विधेयक संसदको कार्यसूचीमा राखियो



काठमाडौं । सरकारले अध्यादेश बजेटलाई विस्थापनको तयारी गरेको छ र सो अनुरुप आजदेखि सुरु हुने संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशनमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक कार्यसूचीमा राखिएको छ ।

laxmi

अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८र७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो ।

उक्त विधेयक बिहीबार संसदमा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मन्त्रालय स्रोतका अनुसार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक तयारी अवस्थामा राखिएको छ । अध्यादेशमा उल्लिखित बजेटको आकारसमेत प्रतिस्थापनमार्फत परिवर्तन गर्ने अर्थको तयारी छ ।

ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । ओली सत्ताच्युत भएपछि बनेको वर्तमान सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी विधेयक ल्याउने तयारी गरेको हो । विधेयक दर्ता भएको १ साताभित्रै आवश्यक छलफल गरी विधेयक स्वीकृत गराउने सरकारको योजना छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी छन् ।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् । गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL