GBIME

एक वर्षमा एक अर्व ६५ करोडको डाइपर आयात, भारतबाट मात्रै डेढ अर्बको आयात


बिजखबर संवाददाता
8 August, 2021 9:22 am

diaper

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७७र०७८ मा विभिन्न १५ मुलुकबाट रु एक अर्व ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ ।

Bajaj
NABIL
YAMAHA

विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन् । भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिव रु १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ । 

सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट रु एक अर्व ५० करोड अर्थात्  करिव १० करोड  थान डाइपर आयात गरेको थियो । यसपछि भियतनामबाट रु ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट रु ३१ लाखका करिव १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ । 

sarbottam

नेपालले अन्य मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ) युनाइटेड स्टेट्स, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि डाइपर आयात गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

MBL