Logo

आजै मन्त्रिपरिषद विस्तार हुने, को–को होलान मन्त्रीको जिम्मेवारी पाउने भाग्यमानी ?

आजै मन्त्रिपरिषद विस्तार हुने, को–को होलान मन्त्रीको जिम्मेवारी पाउने भाग्यमानी ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह र जनता समाजवादी पार्टी र जनमोर्चा सम्मिलित गठबन्धनको बैठक बस्दैछ । विहान १० बजेदेखि बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिइने भएको छ । हिजो पनि गठबन्धनको बैठक बसेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेहरुको नाम टुँगो लगाउने भएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाई गर्दा जनतामा नराम्रो सन्देश गएको भन्दै गठबन्धनमा आवद्ध र सरकारमा सहभागी हुनेहरुको नाम छिटो दिन आग्रह गरेका थिए । माओवादी केन्द्रले त नाम करिब करिब टुंगो लगाईसकेको छ ।

यता, जसपाले पनि हिजोमात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्न अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मा दिएको छ । जनमोर्चा सरकारमा सहभागी नहुने भएको छ । तर, माधव नेपाल समूह भने सरकारमा जाने वा नजाने भनेर अझै अनिर्णित छ । तर, नेपाल समूहका सांसदहरुले भने सरकारमा सहभागी हुनको लागि दबाब दिईरहेका छन् । सरकारमा सहभागी भए नेपाल समूहलाई सम्मानजनक हैसियतमा मन्त्रालय दिईने प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL