Logo

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ निष्काशन शुक्रबारदेखि नै हुने, सर्वसाधारणलाई ५९ लाख ४० हजार कित्ता

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ निष्काशन शुक्रबारदेखि नै हुने, सर्वसाधारणलाई ५९ लाख ४० हजार कित्ता



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सयर (आइपीओ) निष्काशन शुक्रबारदेखि नै हुने भएको छ ।

यसअघि फागुन २३ गते आइतबारदेखि निष्कासन हुने मिति तय भएको भएपनि फागुन २१ गते शुक्रबारदेखि नै आइपीओ निष्कासन हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

ज्योति लाइफले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याउन लागेको हो ।

६६ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको सेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

सामूहिक लगानी कोषका इकाइ र कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । आईपीओ बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL