Logo

वैशाखदेखि नयाँ ब्यवस्था लागु हुँदै, बीमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

वैशाखदेखि नयाँ ब्यवस्था लागु हुँदै, बीमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने



काठमाडौं । बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालित बीमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नुनपर्ने भएको हो ।

laxmi

यो व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।

बीमा प्राधिकरणले बीमा ऐन २०७९ मा बिमक नविकरणसम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बीमा कम्पनीको इजाजतपत्र नवीकरण गर्नु नपर्ने जनाएको हो । साविक बिमा ऐन २०४९ मा हरेक वर्ष बिमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL