Logo

मेटलाइफद्वारा नयाँ बीमा योजना सार्वजनिक, दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्ने

मेटलाइफद्वारा नयाँ बीमा योजना सार्वजनिक, दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्ने



काठमाडौँ । मेटलाइफ बीमा कम्पनीले नेपालमा मध्यावधि वृद्धि बीमा योजना प्रचलनमा ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरू सहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बीमा योजना ल्याएको हो ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो ।

यस योजना अन्तर्गत, बीमितले बीमालेखको मध्यावधिमा पुगेपछि बीमाङ्क रकमको ४०% रकम प्राप्त गर्नेछन् । अर्थात् उनीहरूले आग्रिम रुपमा एन्डोमेन्ट लाभ रकम प्राप्त गर्न पाउनेछन् भने यसै अवधीमा बीमितको मृत्यु भएको अवस्थामा बीमाङ्क रकम बराबर १००% रकम इच्छाइएको व्यतिmले प्राप्त गर्छन् ।

यस योजनाको मध्यावधि पछि बीमितको मृत्यु भएको अवस्थामा इच्छाइएको व्यतिmले बीमाङ्क रकमको दोब्बर रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

काठमाडौंमा आयोजित उद्घाटन समारोहमा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “हामीले धेरै उत्साहका साथ हाम्रा ग्राहकहरूका लागि एक नया“विशेषता सहितको बीमा योजना ल्याएकाछौं जसले उनीहरूलाई आत्मविश्वासका साथ बाँच्न र संगसंगै बीमा अवधिको अन्त्यमा मात्र नभई अब मध्यावधिमै योजनाका फाइदाहरूको आनन्द लिन सक्नेछन् ।

हाम्रा ग्राहकको आवश्यकताहरुलाई केन्द्रित गर्दै यस बीमा योजनाले मध्यावधि भुक्तानी र मध्यावधि पछि दोहोरो कभरेजसँगै निरन्तर सुरक्षा प्रदान गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्
MBL