Logo

महिला लघुवित्तको आइपीओमा आज पनि आवेदन दिन सकिने, आज कार्यालय समयसम्म आवदेन दिने समयसीमा

महिला लघुवित्तको आइपीओमा आज पनि आवेदन दिन सकिने, आज कार्यालय समयसम्म आवदेन दिने समयसीमा



काठमाडौं । महिला लघुवित्तको आइपीओमा आवेदनका लागि आज पनि आवेदन दिन सकिने भएको छ । कम्पनीले माघ ३० गतेबाट फागुन ४ गतेसम्म आइपीओ बिक्री खुला गरेको जनाएपनि माघ ३० गते सार्वजनिक विदा परेकाले कम्पनीले १ दिनको समय थप गरेर आजसम्म भर्न पाउने ब्यवस्था गरेको हो । आज कार्यालय समयसम मात्र आइपीओका लागि आवेदन दिन सकिनेछ । कम्पनीले ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

laxmi

कुल खुला गरिएको मध्ये ०.५%(५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL