Logo

२५ लाख बढीको आवेदन परेको बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँड, २० लाख बढीको हात रित्तो हुने

२५ लाख बढीको आवेदन परेको बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँड, २० लाख बढीको हात रित्तो हुने



काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँड गरिने भएको हो ।

कम्पनीको आईपीओमा २५ लाख १२ हजार १२२ जनाले २ करोड ९८ लाख ६९ हजार ४४० कित्ता बराबरको २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपैयाँको आवेदन परेको हो । यस आईपीओमा ४ लाख ३४ हजार १०८ जनाले १०र१० कित्ताका दरले सेयर हात पार्नेछन् भने २० लाख ७८ हजार १४ जनाको हात रित्तो हुनेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ। पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न पछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता र कम्पनीमा काम गरिरहेका कर्मचारीहरूका लागि १ लाख ५८ हजार ८२० कित्ता आईपीओ सुरक्षित गरी बाँकी बसेको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्