Logo

प्रभु लाइफको आईपीओ भोलिदेखि बिक्रीमा, ५४ लाख कित्ता सर्वसाधारणलाई

प्रभु लाइफको आईपीओ भोलिदेखि बिक्रीमा, ५४ लाख कित्ता सर्वसाधारणलाई



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) भोलिदेखि बिक्रीमा आउने भएको छ । पूर्वनिर्धारित मितिअनुसार नै सोमबार अर्थात् भोलिदेखि उक्त कम्पनीको आईपीओ निष्काशन गर्न लागिएको हो ।

laxmi

कम्पनीले ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । एक कित्ता आईपीओको मुल्य रु। १०० तोकिएको छ । कम्पनीको कुल आईपीओमा ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्टाइएको छ । त्यो अनुसार बाँकी रहेको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणले पाउने छन् ।

कम्पनीलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले मंसिर ११ अनुमति दिएको थियो । त्यसपछि कम्पनीले भोलिदेखि आवेदन खुल्ला गर्ने लागेको हो । आईपीओको निष्काशन अवधि छिटोमा पुस २ गतेसम्म खुल्ला गरिने छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यसमा आस्वा प्राप्त बैंक र मेरो शेयर मार्फत आवेदन दिन सकिने छ । आम सर्वसाधारणले न्यूनतम १० कित्ता शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी चुक्तापुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुँजी रु। १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL