Logo

समाज लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदैं, ५ लाख ३९ हजारको हात खाली हुने

समाज लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदैं, ५ लाख ३९ हजारको हात खाली हुने



काठमाडौं । समाज लघुवित्तको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) आज बाँडफाँड हुँदैछ । गत शुक्रबारै बाँडफाँड गर्ने तयारी गरेको भए पनि नेपाल धितोपत्र बोर्डबाट अनुमति नपाउँदा रोकिएको थियो ।

laxmi

कम्पनीले प्रि–अलोटमेन्ट भने शुक्रबारै गरे पनि बाँडफाँड अनुमति नपाउँदा रोकिएको हो । कम्पनीको आईपीओ आज दिउँसो बाँडफाँड गरिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म ८० लाख ७० हजार रुपैयाँबराबरको ८० हजार ७०० कित्ता सेयरका लागि आवेदन खुलाएको थियो । शुक्रबार भएको प्रि-अलोटमेन्टमा कम्पनीको आईपीओमा ५ लाख ४७ हजार ३७० वटा आवेदन भेरीफाई भएको छ ।

उक्त आवेदन मध्येबाट ८ हजार ७० आवेदकलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड हुनेछ भने बाँकी रहेका ५ लाख ३९ हजार ३०० आवेदकले भने आईपीओ पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL