काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । बिहीबार बजार ९.२२ अंकले घटेर २७५७.९७ को विन्दुमा कायम भएको हो ।
बिहीबार नेप्सेमा ५ अर्ब २ करोड १ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा पनि विकास हाइडेपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेको हो । त्यसैगरी, सामुदायिक लघुवित्तको ५.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बिहीबार सबैभन्दा हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २४ करोड ५ लाख ५० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको २० करोड ९ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै बलेफी हाइड्रोपावरको १४ करोड १९ लाख ५५ हजार रुपैंया, बुटवल पावर कम्पनीको १३ करोड ४६ लाख ५६ हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको १३ करोड ८ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।