काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।
कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।