Logo

हालसम्म १३ म्युचुअल फन्डले घोषणा गरे लाभांश : सबैभन्दा धेरै लक्ष्मी उन्नति कोषको, कसको कति ?

हालसम्म १३ म्युचुअल फन्डले घोषणा गरे लाभांश : सबैभन्दा धेरै लक्ष्मी उन्नति कोषको, कसको कति ?



काठमाडौं । म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाई धनीलाई धमाधम लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्ष सुरु भएको पहिलो महिना नसकिंदै १३ फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई लाभांश घोषणा गरेका हुन् । सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा लक्ष्मी उन्नति कोष रहेको छ । यसले गत वर्षको नाफाबाट इकाईधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै, सनराइज ब्लुचिप फन्डले १९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

हालसम्म लाभांश घोषणा गरेका १३ म्युचुअल फन्डहरुमध्ये ४ वटाले बुक क्लोज गरिसकेका छन् भने ६ फन्डको बुक क्लोज हुन बाँकी रहेको छ । ३ वटाको बुक क्लोज मिति तय हुन बाँकी छ । बुक क्लोजको अघिल्लो दिनसम्म योजना खरिद गर्दा लाभांश पाइन्छ ।

म्युचुअल फन्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य हो । प्रतिइकाई १० रुपैयाँमै उनीहरुले लाभांश घोषणा गरेका हुन् । जसअनुरुप यदि कुनै म्युचुअल फन्डले १५ प्रतिशत लाभांश घोषणा गरेको छ, भने उसले दिने लाभांश १० को १५ प्रतिशत अर्थात् प्रतिइकाइ १ रुपैयाँ १५ पैसा हुन्छ ।

म्युचुअल फन्डहरुले प्रतिइकाइ १० रुपैयाँमा सर्वसाधारणबाट रकम जुटाएर म्युचुअल फन्डले विभिन्न कम्पनीका सेयर, ऋणपत्र, निक्षेपमा लगानी गर्दछन् । सोही लगानीबाट आउने नाफाबाट वार्षिक रुपमा इकाई धनीलाई लाभांश प्रदान गर्दछन् । सेयर बजारमा लगानीबारे जानकारी नहुने, समय दिन नसक्नेलाई म्युचुअल फन्डको लगानी उपयुक्त हुन्छ ।

यता, म्युचुअल फन्डको लाभांश घोषणासँगै यो समूहको कारोबार विस्तारै बढ्न थालेको छ । म्युचुअल फन्डको लाभांश घोषणाको सुरुवातसँगै म्युचुअल फन्डको कारोबार विस्तारै बढ्न थालेको हो । त्यसमा पनि लाभांश धेरै दिएका कम्पनीहरुको कारोबार धेरै कित्तामा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्