Logo

भारतीय सेयर बजार अहिलेसम्मकै उच्च : ७५ हजार माथि पुग्यो सेन्सेक्स, निफ्टी पनि २२ हजार ७५० अंकमाथि

भारतीय सेयर बजार अहिलेसम्मकै उच्च : ७५ हजार माथि पुग्यो सेन्सेक्स, निफ्टी पनि २२ हजार ७५० अंकमाथि



काठमाडौं । भारतको सेयर बजारमा परिसूचक अहिलेसम्मकै उच्च भएसँगै नयाँ रेकर्ड कायम भएको छ । भारतको प्रमुख शेयर परिसूचक बीएसई सेन्सेक्स इतिहासमै पहिलो पटक ७५ हजार अंकमाथि पुगेको छ । मंगलबारको कारोबारमा सेन्सेक्ससँगै निफ्टी ५० पनि २२ हजार ७५० स्तरमाथि उक्लिएको थियो ।

laxmi

आईटी र अटो स्टकहरूमा भारी खरिदको आधारमा, बीएसई सेन्सेक्स पहिलो पटक ७५००० अंक पार गरी ७५,१२४ अंकमा पुग्यो भने निफ्टीले पनि २२७६५ अंकको नयाँ स्तर छोयो । ५० निफ्टी स्टक मध्ये, ३५मा वृद्धि आएको छ । हिरो मोटोकर्प, इन्फोसिस, टाटा मोटर्स, बजाज फाइनान्स र पावरग्रिड सबैभन्दा बढी नाफामा रहे भने डिभिज ल्याब, ओएनजीसी, आइशर मोटर्स, टाटा कन्ज्युमर प्रोडक्ट्स र रिलायन्स इन्डस्ट्रीज सबैभन्दा बढी घाटामा थिए । इन्फोसिसको शेयर प्रारम्भिक कारोबारमा दुई प्रतिशतले उछाल भयो।

३० सेयरको सेन्सेक्स ३८१.७८ अंक वा ०.५१% बढेर ७५,१२४.२८ मा खुल्यो, जबकि एनएसई निफ्टी ५० पनि ९८.८ अंक वा ०.४४% बढेर २२,७६५.१० मा खुल्यो । बैंक निफ्टी सूचकांक पनि २२९ दशमलव १० अंक वा ०.४७ प्रतिशतले बढेर ४८ हजार ८१० दशमलव ८० अंकको कीर्तिमानी उच्चमा पुगेको छ । फराकिलो बजारको बारेमा कुरा गर्दा, निफ्टी मिडक्याप १०० र निफ्टी स्मॉलक्याप १०० पनि ०.३ प्रतिशतको वृद्धिका साथ व्यापार गरिरहेका छन् । निफ्टी रियल्टी, निफ्टी अटो, निफ्टी आईटी र निफ्टी पीएसयू बैंकमा कडा खरिद देखिएको छ ।

सेन्सेक्सका शेयरहरू मध्ये नेस्ले इन्डिया, अल्ट्राटेक सिमेन्ट, टाटा मोटर्स, टीसीएस, इन्फोसिस, विप्रो र आईसीआईसीआई बैंक शीर्ष नाफामा थिए, जबकि टेक महिन्द्रा र इन्डसइन्ड बैंक गिरावटमा थिए । निफ्टी शेयरहरूको बारेमा कुरा गर्दा, श्रीराम फाइनान्स, डा. रेड्डीज र अदानी पोर्ट्सले सबैभन्दा बढी वृद्धि देखेको छ भने टाटा कन्ज्युमर, डिभिज ल्याब, एचयूएल र ओएनजीसीले गिरावट देखाएको छ । फराकिलो बजारमा, बीएसई मिडक्याप ०.३६ प्रतिशत र स्मलक्याप ०.५६ प्रतिशतले बढेको छ। यसअघि सोमबार पनि शेयर बजारमा उकालो लागेको थियो र भारतको मार्केट क्याप पहिलो पटक ४०० लाख करोड नाघेको थियो ।

सन् २०२० को मार्च २४ मा कोभिडको समयको न्यून स्तरबाट सेन्सेक्स करिब १९० प्रतिशतले बढेको छ । सेन्सेक्समा सूचीकृत करिब २० ओटा शेयरमा वृद्धि सेन्सेक्सको भन्दा धेरैको छ । अन्य १० शेयरको प्रदर्शन चाँहि बेञ्चमार्कको भन्दा थोरै भएको बताइएको छ ।

निर्वाचनसम्बन्धी खर्चका कारण खपत माग बढ्ने भएकोले चालु आवको पहिलो अर्धवार्षिक अवधिमा भारतीय अर्थतन्त्र बढ्ने अनुमान छ । त्यसैले यस अवधिमा शेयर बजारले पनि राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL