Logo

आइपीओ निष्कासनमा भारतको विश्व कीर्तिमान, आइपीओबाट एक वर्षमै साढे ९ खर्ब संकलन

आइपीओ निष्कासनमा भारतको विश्व कीर्तिमान, आइपीओबाट एक वर्षमै साढे ९ खर्ब संकलन



काठमाडौं । भारतीय अर्थतन्त्रमा विभिन्न रेकर्डहरू बनिरहेका छन् । सेयर बजारमा कम्पनीहरूको आइपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) मा गत वर्ष अर्थात २०२३ मा भारतले विश्व कीर्तिमान बनाएको छ । सो समयमा भारतमा यति धेरै आईपीओ आए कि विश्वको कुनै पनि देशमा आइपीओ निष्काशन भएका छैनन् । यो रिपोर्ट विश्वव्यापी व्यावसायिक सेवा संगठन इवाई इण्डियाको हो ।

laxmi

भारतका दुई प्रमुख स्टक बजार बीएसई र एनएसईको डाटाका अनुसार क्यालेन्डर वर्ष २०२३ को चौथो त्रैमासमा कुल ३१ आईपीओ आएका थिए । यसमा इनभिटको आइपीओ पनि समावेश छ । यो यस वर्षको तेस्रो त्रैमासिकको तुलनामा ४१ प्रतिशत बढी र २०२२ को सोही त्रैमासिकको तुलनामा ७२ प्रतिशत बढी हो ।

पूरै वर्षको कुरा गर्ने हो भने, एसएन्डपी ग्लोबल मार्केट इन्टेलिजेन्स डाटा अनुसार, २०२३ मा कुल २४३ कम्पनी भारतीय शेयर बजारमा सूचीबद्ध भएका थिए जुन कम्तीमा छ वर्षयताकै उच्च हो । तर, २०२३ मा आइपीओको कुल रकम ७ अर्ब १० करोड डलर (करीब साढे ९ खर्ब नेपाली रुपैयाँ )थियो जुन २०२२ को तुलनामा नौ प्रतिशतले कम हो । सन् २०२२ मा केन्द्र सरकारले मात्रै भारतीय जीवन बीमा निगम (एलआईसी) जस्ता ठूला कम्पनीको आईपीओबाट २०५ अर्ब रुपैयाँभन्दा बढी संकलन गरेको थियो । संख्याका हिसाबले २०२३ मा शेयर बजारमा सूचीकृत हुने कम्पनीको संख्या एक वर्ष अघिको तुलनामा ६५ प्रतिशतले बढेको छ ।

सन् २०२३ मा विश्वका अन्य प्रमुख बजारहरूमा आईपीओ गतिविधि सुस्त रह्यो । प्रतिवेदनले विश्वव्यापी रूपमा २०२३ मा आईपीओहरूको संख्या १५प्रतिशतले घटेर १४२९ मा पुगेको र कुल कारोबार मूल्यमा ठूलो ३३.६ प्रतिशतले गिरावट आएको बताएको छ । यता भारतमा भारतमा पनि आईपीओ आम्दानी बढ्दै गएको छ ।

गत जनवरीमा जारी गरिएको पिडब्लुसि प्रतिवेदनअनुसार, २०२३ मा आईपीओ आयको सन्दर्भमा भारत विश्वव्यापी बजारहरूमा तेस्रो स्थानमा थियो, जसले पूँजीको स्रोतमा परिवर्तन र स्थानीय बजारको परिपक्वतालाई संकेत गर्दछ । भारतको नेशनल स्टक एक्सचेन्ज (एनएसइ) नोभेम्बर २०२३ मा बजार पूँजीकरणमा हङकङलाई पछि पार्दै चार ट्रिलियन डलर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL