Logo

अझै अन्यौलमा ब्रोकरको नयाँ टिएमएस : घोषणाको एक वर्षपछि परीक्षणको तयारी, पूर्ण सञ्चालनको टुंगो छैन्

अझै अन्यौलमा ब्रोकरको नयाँ टिएमएस : घोषणाको एक वर्षपछि परीक्षणको तयारी, पूर्ण सञ्चालनको टुंगो छैन्



काठमाडौं । ब्रोकर कम्पनीद्धारा सञ्चालनमा ल्याउने भनिएको अनलाईन ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा अझै अन्यौलता देखिएको छ । घोषणाको एक वर्षपछि ब्रोकरको नयाँ टिएमएस भर्खरै परीक्षणको तयारीमा रहेको छ । ब्रोकरले ल्याउन लागेको नयाँ टिएमएस प्रणाली परीक्षणको तयारी पूरा भइसकेको सेक्योर सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले बताए । ब्रोकर कम्पनीहरुले उक्त टिएमएस प्रणाली एक महिना परीक्षण गर्ने बताइएको छ ।

laxmi

ब्रोकर कम्पनीले यसै हप्ताभित्र नयाँ टिएमएसको परीक्षण सुरु गर्ने मैनाली बताउँछन । यता नेप्सेले पनि ब्रोकरले ल्यान लागेको नयाँ टिएमएस प्रणालीलाई परीक्षणका लागि स्वीकृति दिइसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन । ‘नेप्सेले ब्रोकर कम्पनीलाई नयाँ ब्रोकरले परीक्षण गर्न लागेको टिएमएस प्रणाली पूर्णरुपमा सञ्चालनमा आउने विषयमा भने अझै अन्यौलता कायम नै छ । परीक्षणमा नेपाल धितोपत्र बोर्डले बनाएको नियमअनुसार सो टिएमएस प्रणाली चल्न नसकेको अवस्थामा पूर्ण सञ्चालनमा आउने प्रक्रिया अझै लम्बिन सक्ने देखिन्छ ।

नेपाल धितोपत्र बोर्डले ऐन परिवर्तन गरेर टिएमएस सञ्चालन गर्न स्वीकृति दिएको एक वर्षभन्दा लामो समयपछि ब्रोकर कम्पनीले नयाँ टिएमएस सञ्चालनमा ल्याउनको लागि परीक्षणको तयारी गरेका हुन् । ब्रोकर कम्पनीबीच आपसी समझदारी नहुँदा धितोपत्र बोर्डले स्वीकृति दिएको धेरै समयसम्म पनि ब्रोकर कम्पनीले नयाँ टिएमएस सञ्चालनमा ल्याउन नसकेकोे नेप्सेको दाबी छ ।

नयाँ टिएमएस सञ्चालनमा ल्याउनको लागि केहि वर्ष अघि ३५ वटा ब्रोकर कम्पनी लागिपरेका थिए । तर, बीचमा आपसी कुरा नमिले पछि यो प्रक्रियामा अन्यौलता देखिएको स्रोत बताउँछ । यसैगरी, ब्रोकर कम्पनीले सञ्चालनमा ल्याउन लागेको नेप्सेको भन्दा छुट्टै टिएमएस प्रक्रियाको लागि टेक्निकल टिम नहुँदा पनि यो प्रक्रिया लम्बिएको स्रोतको दावी छ ।

अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट सञ्चालित टिएमएस प्रणालीमा कनेक्ट भएर ब्रोकर कम्पनीले ग्राहकलाई सेवा दिइरहेका छन । नेप्सेले सञ्चालन गर्ने टिएमएस प्रणाली सामान्य सेवामात्र प्रदान गर्ने भएको कारण बिस्तृत टिएमएस सञ्चालनमा ल्याउनको लागि नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई नै नयाँ टिएमएस सञ्चालनमा ल्याउन अनुमति दिएको हो ।

यता, नयाँ टिएमएस परीक्षण सुरु गर्नका लागि सबै तयारी सकिएको स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा बताउँछन । ‘ब्रोकरहरुले अघिल्लो साता नै टीएमएसको परीक्षण सुरु गर्ने तयारी पूरा भएको थियो ।’ सापकोटा भन्छन, ‘नेप्सेले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) लागू गरेकाले उक्त सिस्टममा आवद्ध भएर मात्रै परीक्षण सुरु गर्न लाग्दा यसमा केही दिन ढिलाई भयो ।’

नयाँ टिएमएस कम्पनीको लागि ३५ ब्रोकर कम्पनी अग्रसर देखिएका छन् । नयाँ टिएमएस सञ्चालन गर्न श्रीलंकाको आइरनवान कम्पनीसँग सबै प्रक्रिया पूरा भइसकेको र परीक्षणको अन्तिम तयारीमा रहेको मैनाली बताउँछन । पुराना ३३ ब्रोकरले श्रीलंकाको आइरनवान कम्पनीको, सनी सेक्युरिटिजले भारतीय टाटा कन्सल्टेन्सी सर्भिस लिमिटेडको र नासा सेक्युरिटिजले भारतीय डिअन ग्लोबलको टीएमएस प्रयोग गर्न लागेका नेप्से स्रोेतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्
MBL