Logo

ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा



काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज बुधबार बिहान कम्पनीको सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १२ लाख ३ हजार ९ सय ९५ जना आवेदकबाट कुल १ करोड २८ लाख ९५ हजार ४ सय ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ११ लाख ९९ हजार ९ सय ६७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट कुल १ लाख २६ हजार ८ सय ६३ जनाले सेयर पाएका छन् । सेयर पाएका १ लाख २६ हजार ८ सय ६३ जना मध्ये ९ जनाले ११ कित्ताको दरले सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् ।

आईपीओ नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट हेर्न सकिने छ।

१. बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट https://www.nsmbl.com.np/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले वैशाख १३ देखि वैशाख १७ गतेसम्म सर्वसाधारणलाई सेयर निष्काशन गरेको थियो । कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता सेयर निष्काशन गरेको थियो ।

ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । यस कम्पनीमा अपि पावरको १५ लाख कित्ता, अरुण काबेलीको ३ लाख कित्ता, र गुरु प्रसाद न्यौपानेको ४ लाख ६९ हजार कित्ता सेयर लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL