Logo

नेष्डो समृद्ध लघुवित्तले गर्यो ७३.६८ प्रतिशत लाभांश प्रस्ताव, ५० प्रतिशत बोनस शेयर

नेष्डो समृद्ध लघुवित्तले गर्यो ७३.६८ प्रतिशत लाभांश प्रस्ताव, ५० प्रतिशत बोनस शेयर



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू २५ करोड २५ लाखको आधारमा ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि छुट्टै ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूमा लाभांश वितरणमा कडाई गरेको अवस्थामा कम्पनीले आकर्षक लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL