Logo

बिपिडब्लु लघुवित्तको आईपीओ भर्नुभयो ? आजसम्म छ आवेदन दिने समय

बिपिडब्लु लघुवित्तको आईपीओ भर्नुभयो ? आजसम्म छ आवेदन दिने समय



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका छुट्याएको आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिसकेको छ ।

laxmi

वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आईपीआ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिएका आवेदकलाई फागुन १७ गते आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको कम्पनीले १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ८० हजार ९५० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको हो ।

पहिलो दिनभित्रै मागभन्दा बढी आवेदन परिसकेको यो आईपीओ छिटो अवधि फागुन २३ गतेसम्म मात्र विक्रीमा रहने भएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडसँगै धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको अधिकृत पूँजी १० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी ३ करोड रूपैयाँ छ । हाल संस्थापकतर्फबाट कम्पनीमा चुक्ताभएको पूँजी २ करोड ३ लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ करोड रूपैयाँ कायम हुनेछ । कम्पनीमा सर्वसाधारणतर्फ सामूहिक लगानीकोष, वैदेशिक रोजगारीमा रहेका नेपाली र कर्मचारीसमेत ३२ दशमलव ३३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । हाल संस्थापकतर्फ ६७ दशमलव ६७ प्रतिशत शेयर स्वामित्व कायम छ ।

आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी ४९ लाख ६० हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी १ रूपैयाँ १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL