Logo

सेयर बजारबारे संसदमा सांसद सुवालको दाबी–जुवा घर जस्तै हो, रोक्ने उपाय चाहिन्छ

सेयर बजारबारे संसदमा सांसद सुवालको दाबी–जुवा घर जस्तै हो, रोक्ने उपाय चाहिन्छ



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार जुवा घर जस्तै भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सुवालले धितोपत्र ऐनमा सेयर कारोबार पनि जुवाघर जस्तै भएको भन्दै यसलाई रोक्ने उपाय चाहिने बताए ।

laxmi

उनले भने धितोपत्र ऐनमा सेयर कारोबार पनि जुवाघर जस्तै भएकोले यसलाई रोक्ने उपाय चाहिन्छ । सेयर मूल्य घटबढ गरी सर्वसाधारण सेयर कारोबारीलाई आत्महत्या गर्न बाध्य पार्ने एक सय जना प्रमुख सेयर कारोबारीलाई कारबाही बस्दोबन्दोबस्त हुनुपर्छ ।’ उनले सम्पत्ति शुद्धीकरण ऐनमा स्वयम् कर घोषणा गराई स्रोत नखुलेको सम्पतिलाई वैध गराउने व्यवस्था राख्न नहुने बताए ।

सुवालले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएर सरकारमा राणाकालीन प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् । बैठकमा बोल्दै नेता सुवालले राणाकालमा मन्त्रीहरूले मनलाग्दी बिदा दिने गरेको र अहिलेको सरकारमा पनि त्यही प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाए ।

सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको थियो । उनले नेपालमा राणा शासनको बिदा फेरि आएको होरु भन्दै प्रश्न गरे । ‘देव शमशेर ८ महिना मन्त्री हुँदा २ महिना जुवा फुकुवा गरेको भन्ने आएको छ । भीमशमेशर ८ पटक जुवा फुकाएको र ५ दिन सिंदुर जात्रा गर्न विदा दिएको भन्ने छ,’ उनले भने, ‘के नेपालमा राणा शासनको बिदा फेरि सुरु भएको हो ? देश परनिर्भर हुनु जनयुद्धको उपलब्धी हो ?’

बेलायतमा ८ दिन र अमेरिकामा १४ दिन मात्रै वार्षिक बिदा दिने गरेको भन्दै नेपालले पनि उनीहरूबाट पाठ सिक्नुपर्ने बताए । सांसद सुवालले राष्ट्रपतिको सवारीका क्रममा सधैंजसो सडक जाम हुँदा नागरिकले दुःख पाउने गरेको बताए । उनले भने, ‘अस्ती राष्ट्रपतिको सवारीका क्रममा सितल निवासबाट बानेश्वरसम्म निकै जाम भयो। म आफैं पनि दुई घण्टा जाममा फसे । लाखौं लाख जनतालाई सास्ती भयो । राष्ट्रपतिको यात्रा सडक जाम नहुनेगरी गृहमन्त्रीको जिम्मेवारी लिनुभएका प्रधानमन्त्रीले किन जिम्मा लिनुभएन यसबारे संसदमा बोल्न दिनु जरूरी छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL