Logo

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हमप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले १ बराबर ०.८८४५१६८ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

laxmi

उक्त हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालय पुतलीसडकमा सोमबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL