काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।
कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार ०६७ रुपैयाँ रहेको छ । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ।
