Logo

सेयर बजारमा सुनामी, विश्वका आठ धनीले एकैदिन गुमाए ५१ खर्ब रुपैयाँ

सेयर बजारमा सुनामी, विश्वका आठ धनीले एकैदिन गुमाए ५१ खर्ब रुपैयाँ



काठमाडौं । मंगलबार अमेरिकी सेयर बजारमा आएको सुनामीमा विश्वका शीर्ष १० अर्बपतिमध्ये ८ जनाको ४१ अर्ब डलर (५१ खर्ब २५ अर्ब नेपाली रुपैयाँ) भन्दा बढीे डुबेको छ । यसमा अमेजनका पूर्व सीईओ जेफ बेजोसले ९.८४ बिलियन डलर गुमाएका छन् । योसँगै टेस्लाका सीईओ एलोन मस्कलाई ८.३५ अर्ब डलर र बिल गेट्सलाई २.८४ बिलियन डलरको चोट लागेको छ ।

मङ्गलबार ब्लूमबर्ग बिलियनेयर इन्डेक्सको शीर्ष १० मा उद्योगपतिको सम्पत्ति बढनेमा भारतीय अर्बपति गौतम अडानी र मुकेश अम्बानी रहेका छन् । गौतम अडानीको सम्पत्ति १.५८ बिलियन डलरले बढेको छ भने अम्बानीको सम्पत्ति १.२३ बिलियन डलरले बढेको छ । अडानी विश्वको तेस्रो धनी व्यक्ति हुन् भने अम्बानी नवौं धनी व्यक्ति हुन् ।

अमेरिकी स्टक बजारको प्रमुख संवेदनशील परिसूचक डाउ जोन्स मङ्गलबार १२ सय ७६ अंकभन्दा बढीको गिरावटका साथ ३११०४ को स्तरमा बन्द भएको थियो । यही डरका कारण टेस्ला र एप्पल जस्ता स्टकहरू ध्वस्त भए । मंगलबार एसएण्डपी ५०० मा ४.३२ प्रतिशत, वा १७७ अंक को गिरावठट आएको थियो भने नास्दाक कम्पोजिट पनि ५ % भन्दा बढी घटेको थियो ।

मंगलबार टेस्लाले ४.०४ % गुमाएको छ धने माइक्रोसफ्ट ५.५०, गुगल ५.९० र अमेजनजस्ता सेयर ७ प्रतिशतभन्दा बढीले घटेको छ । यसले यी ठूला कम्पनीहरूसँग सम्बन्धित अर्बपतिहरूको सम्पत्तिलाई पनि असर गरेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL