Logo

श्रृजनशील लघुवित्तको आइपीओ भर्नुभयो ? आजसम्म दिन सकिन्छ आवेदन

श्रृजनशील लघुवित्तको आइपीओ भर्नुभयो ? आजसम्म दिन सकिन्छ आवेदन



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधरणका लागि साधारण सेयरको आवेदन खुलाएको थियो ।

लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५९ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये, कर्मचारीहरूका लागि ५ हजार ४७० कित्ता छुट्याइएको थियो ।

यस्तै, सामूहिक लगानी कोषका लागि १९ हजार ६९० कित्ता सेयर छुट्टयाएर बाँकी बसेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित आइपीओ बिक्री पछि कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL