काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सनेन्च (नेप्से)मा उत्साह छाएको छ । गत बिहीबार बजार खुलेदेखि करिव ४ मिनेट मात्रै कारोबार हुँदै नेगेटिभ सर्किट सहित दिनभरीका लागि बन्द भएको नेप्सेमा आईतबार भने हरियाली छाएको हो ।
कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से आज अन्तिम समयमा उच्च अंकले बढ्दै २६ सय विन्दु पार गरेको हो । खासगरी गत हप्ता शुक्रबार अन्तरिम सरकारले सेयर बजार सुधार सुझाव कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही प्रभावस्वरुप आईतबार सेयर बजारमा तिव्र उछाल देखिएको लगानीकर्ताहरु बताउँछन् । आज कुल ३ सय २९ कम्पनीका २ करोड ३२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब १७ करोड ९५ लाख माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक उकालो लाग्दा २ सय २४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै आज २८ कम्पनीको सेयरमुल्यमा भने गिरावट आएको नेप्सेले जानकारी दिएको छ । आज सेयरमूल्य बढेकामध्ये १६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।